टेनिस टोलीको बिदाइ

असार २८, २०८२

कान्तिपुर संवाददाता

Farewell to the tennis team

काठमाडौँ — डेविस कपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेनिस टोली आइतबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । जुलाई १६ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा प्रदीप खड्का, प्रणव मानन्धर, निसान श्रेष्ठ र आयुशमान हजुर घलेले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

प्रशिक्षकमा जितेन्द्र परियार तथा व्यवस्थापकमा जयजीव हाडा छन् । ग्रुप ४ को यो प्रतिस्पर्धामा नेपालसहित कुवेत, किर्गिस्तान, मलेसिया, प्यासिफिक ओसिएना, कतार, इराक र फिलिपिन्स गरी ८ राष्ट्र दुई समूहमा बाँडिएर खेल्नेछन् ।

नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले शुक्रबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully