रुट शतकको नजिक

असार २७, २०८२

कान्तिपुर संवाददाता

Close to a root century

काठमाडौँ — इंग्ल्यान्डले लर्डसमा सुरु भएको तेस्रो टेस्टको पहिलो दिन बिहीबार भारतविरुद्ध आफ्नो पहिलो इनिङ्स सुरु गर्दै चार विकेटमा २ सय ५१ रन बनाएको छ । खराव सुरुआतपछि बलियो स्थितिमा पुगेको इग्ल्यान्डका लागि जोए रुट ९९ रन बनाएर खेलिरहेका छन् ।

शतकको नजिक पुग्ने क्रममा उनले इंग्लिस इनिङ्स सम्हालेका थिए । अर्का नटआउट ब्याटर बेन स्टोक्सले ३९ रन बनाएका छन् । उनीहरूले ७९ रनको साझेदारी गरिसकेका छन् । त्यस अगाडि ओली पोपले ४४ रन बनाएका थिए ।

यस्तै ओपनर ब्याटरमध्ये ज्याक क्रलीले १८ र बेन डकेटले २३ रनको योगदान दिएका थिए । भारतीय बलरमध्ये नितेशकुमार रेड्डीले एकै ओभरमा दुई विकेट लिएपछि इंग्ल्यान्ड एक समय दुई विकेट गुमाएर ४४ रनको स्थितिमा रहेको थियो । 

कान्तिपुर

Link copied successfully