काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ।
यसै असार २१ गते मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगितामा सहभागी टोलीका सदस्यलाई क्यानले जनही ५० हजार रुपैयाँ प्रदान गर्ने क्यानद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपालले समूह चरणका सबै खेल जितेको थियो। समूह चरणमा नेपालले सिङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो।
