काठमाडौँ — अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा लेभल वान कोचिङ कोर्स बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) को वार्षिक क्यालेन्डरअनुसार भएको कोर्समा पारासहित नेपालका २८ र भारतका २ प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जनाए । सातै प्रदेशको सहभागिता रहने गरी प्रशिक्षार्थी समावेश छ ।
नेपालबाट संयोग कपाली, विपुल महर्जन, रितिज जोशी, कृष्ण थापामगर, आशिप अवाले, रिजन गोथे, सुजन गडाल, दिवस जेठारा, राहुल साह, रोशन श्रेष्ठ, अजय श्रेष्ठ, दीपक गिरी, नारायण घिमिरे, कपिल थापा मगर, रोशन अधिकारी, विवेक राई, दिपेश राना, सिक्का सुवाल श्रेष्ठ, वियन्का राई, इभाना थापा, आस्मा पहाडी, नविता श्रेष्ठ, रविना देशार, रायकोशी शाही, अन्जु सुवाल, सोनिका ढकाल, यशस्वी अवाले र अजय बिक सहभागी छन् । भारतबाट निथिन हरिदास र सुदर्शने भेलायोदमले भाग लिएको संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
कोर्स आईटीटीएफका डेभलपमेन्ट प्रोग्राम म्यानेजर बेन होज माब्रुक रामजीले सञ्चालन गरेका छन् । असार २९ सम्म चल्ने कोर्सको राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामीले उद्घाटन गरे ।
