चौथो बागमतीस्तरीय लिग तेक्वान्दो असार २६ देखि

असार २४, २०८२

कान्तिपुर संवाददाता

4th Bagmati Level Taekwondo League from June 26

काठमाडौँ — चौथो बागमती प्रदेश स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता यही असार २६ देखि २८ सम्म तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा हुने भएको छ ।

वर्षको चार पटक आयोजना हुने यस लिगबाट तेक्वान्दो खेलाडीको वरीयता निर्धारण गरिने छ । जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको प्रतियोगिता हरेक तीन–तीन महिनामा भएको थियो । गत भदौमा स्युचाटारको नागार्जुन कभर्डहलमा पहिलो, पुसमा र टोखामा दोस्रो तथा २०८२ वैशाखमा गोल्फुटारमा तेस्रो संस्करण भएको थियो ।

वर्षको अन्तिम प्रतियोगिता भएकाले यसपल्ट एक–एक उत्कृष्ट खेलाडी छनोट गरेर पुरस्कृत गरिनेछ । उनीहरूलाई ई–स्कुटर प्रदान गरिने आयोजक काठमाडौं जिल्ला समन्वय समितिले जनाएको छ । प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीय हुने दुई जनालाई समान ५ हजार प्रदा गरिनेछ ।

लिगमा पुरुष र महिलामा समान ५ तौल समूहमा प्रतिस्पर्धा गराइने छ । लिगमा पहिलोले १०, दोस्रोले ७, तेस्रोले ३ तथा प्रत्येक खेल विजेताले १ अंक पाउने प्रावधान गरेको आयोजक प्रमुख सन्तोष बुढाथोकीले जनाए ।

कान्तिपुर

Link copied successfully