अपराजित रहँदै उपाधि जित्दा धेरै खुशी छौं : विपिन शर्मा

असार २३, २०८२

कान्तिपुर संवाददाता

We are very happy to win the title while remaining undefeated: Vipin Sharma

काठमाडौँ — पुरुष यू–१६ का कप्तान विपिनप्रसाद शर्माले प्रतियोगिताभर अपराजित रहँदै उपाधि जित्दा धेरै नै खुशी भएको बताएका छन् ।

एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान शर्माले यस्तो बताएका हुन् । 

शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो । 

उनले यसअघि नै धेरै खेल खेलिसकेको र त्यसले अनुभव बटुल्न मद्दत गरेको बताए । यू–१६ का प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले  नेपाली टिम राम्रो रहेको र धेरै टिमको जानकारी रहँदा आफूहरुलाई सहज भएको बताए ।

प्रत्येक खेललाई महत्त्वपूर्ण मानेर खेलेको उनको भनाइ छ । नेपालले अझै पनि ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully