नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै

असार २३, २०८२

कान्तिपुर संवाददाता

Nepal playing friendly football with Bangladesh in Kathmandu

काठमाडौँ — नेपालले बंगलादेशसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार आगामी भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो । 

दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । एएफसी एसियन कप छनोटको तयारीस्वरूप मैत्रीपूर्ण खेल हुन लागेको हो । एसियन कप छनोटमा नेपाल समूह 'एफ' मा परेको छ ।

उक्त समूहमा मलेसिया, लाओस र भियतनाम छन् । नेपाल समूहका २ खेल खेले पनि अंकविहीन रहेको छ । नेपालले अब अक्टोबर ९ मा भियतनामसँग खेल्दैछ । 

कान्तिपुर

Link copied successfully