काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले रोयल टुलिप होटल काठमाडौंसँग सम्झौता गरेको छ । आइतबार रोयल टुलिप होटलमा भएको सम्झौतामा काठमान्डु गोर्खाजबाट प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र रोयल टुलिपबाट जेनेरल म्यानेजर बलराम पाठकले हस्ताक्षर गरेका थिए ।
ललितपुरको ग्वार्कोमा नयाँ पाँच तारे होटलको रुपमा खुलेको रोयल टुलिप हस्पिटालिटी पार्टनरको रुपमा काठमान्डु गुर्खाजसँग जोडिएको हो । एनपीएल–२ को दौरान काठमाडौं गोर्खाज रोयल टुलिपमै बस्ने गोर्खाजका प्रमुख कार्यकारी अधिकृत ठकुरीले जनाए । टुलिपका जेनेरल म्यानेजर पाठकले काठमान्डु गुर्खाजलाई स्तरीय सुविधा दिन होटल तयार रहेको जनाए ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको दोस्रो सिजन नोभेम्बर–डिसेम्बर हुने जनाएको थियो । गोर्खाजका समर्थकलाई धैर्य गर्न अनुरोध गर्दै प्रमुख कार्यकारी अधिकृत ठकुरीले केही समयमा थप सरप्राइज घोषणा गर्ने बताए । गोर्खाजले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसीसहित भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई ‘रिटेन’ गरिसकेको छ ।
