नेपाल एसिया कपमा छनोट हुन असफल

उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा स्तब्ध 

असार २२, २०८२

नायक पौडेल

Nepal failed to qualify for Asia Cup

तास्केन्द — नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार आयोजक उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको छ ।

निर्धारित समयमा ३–३ गोल भएर अंक बाँडेपछि दुवै टिमको समान ७–७ अंक भएको थियो । नतिजाका लागि सिधै पेनाल्टी सुटआउट गरिएको हो । नेपाल र उज्वेकिस्तान दुवैले समान २ खेल जितेका थिए ।

पेनाल्टीमा नेपाल ४–२ ले पराजित भयो । यो हारले नेपालको अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कप पुग्ने यात्रामा पूर्णविराम लागेको छ ।  

पहिलो हाफसम्म नेपाल ३–१ ले पछाडि परेको थियो । तर दोस्रो हाफको २० मिनेट बित्दासम्म नेपालले दुई गोल थप्दै खेल ३–३ को बराबरी गरेको थियो । उज्वेकिस्तान १० खेलाडीमा रहेको थियो ।

नेपालबाट तीनै गोल कप्तान सावित्रा भण्डारीले गरेकी हुन् । उनले यसअघि लाओस र श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् ।  

पेनाल्टीमा सावित्राको पहिलो प्रहार पोलमा ठोक्किएको थियो भने गोलकिपर अञ्जना रानामगरको चौथो प्रहार विपक्षी गोलरक्षक माफ्तुनाले बचाएर नेपालको यात्रा टुंग्याइदिएकी थिइन् । त्यसअघि उज्वेकिस्तानका चारै खेलाडीले गोल गर्दा नेपालबाट गीता राना र सविता रानामगरले मात्र पेनाल्टीमा गोल गरेका थिए ।

नायक पौडेल

Link copied successfully