एएफसी वुमेन्स एसियाकप छनोट : अन्तिम निर्णय पेनाल्टी सुटआउटसम्म पुग्न सक्ने

असार १९, २०८२

कान्तिपुर संवाददाता

AFC Women's Asia Cup Qualifiers: The final decision could go down to a penalty shootout

काठमाडौँ — उज्वेकिस्तानको तासकेन्दमा चलिरहेको एएफसी वुमेन्स एसियाकप छनोट रोमाञ्चक र सनसनीपूर्ण मोडमा पुगेको छ। समूह ‘एफ’ मा नेपाल र आयोजक देश उज्वेकिस्तान ठ्याक्कै समान स्थितिमा छन् । यस्तोमा समूह विजेताको निर्णयका लागि पेनाल्टी सुटआउटको समेत आवश्यकता पर्न सक्नेछ ।

समूहको दोस्रो दिन बुधबारको खेलमा नेपालले श्रीलंकालाई ८–० ले हराएको थियो । यस्तै उज्वेकिस्तानले लाओसमाथि ७–० को जित निकालेको थियो । त्यस अगाडि नेपालले श्रीलंकालाई ९–० ले पराजित गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकालाई १०–० । यो स्थितिमा नेपाल र उज्वेकिस्तान समान छ अंकमा छन् ।

लाओस र श्रीलंका भने लगातार दोस्रो खेल गुमाएर शून्य अंकमा छन् । उनीहरू प्रतियोगिताबाट बाहिरिसकेका छन् । शनिबार अन्तिम दिनको छनोट खेलमा लाओसले श्रीलकाको सामना गर्नेछ । यो प्रतिष्ठाको खेल मात्रै हुनेछ । सबैको ध्यान खिच्ने खेल भनेको नेपाल र उज्वेकिस्तानबीचको खेल नै रहनेछ ।

नेपाल र उज्वेकिस्तानले समान १७–१७ गोल गरेका छन् भने दुवैले अहिलेसम्म कुनै गोल पनि खाएको छैन् । यी दुई टिमबीचको खेलमा जुन टिम जित्नेछ, त्यही टिम अर्को वर्ष अस्ट्रेलियामा हुने वुमेन्स एसियाकपका लागि छनोट हुनेछ । यो खेल बराबरीमा रहेको स्थितिमा भने प्रतियोगिताको नियम अनुसार अन्य सबै स्थिति बराबर रहेको अवस्थामा यो प्रतिस्पर्धा सिधै टाइब्रेकर चल्नेछ ।  तस्विर : एनएसजेएफ 

कान्तिपुर

Link copied successfully