एसीसी यू–१६ इस्टजोन कप : सेमिफाइनलमा नेपालले पायो ९१ रनको लक्ष्य

असार १९, २०८२

कान्तिपुर संवाददाता

ACC U-16 East Zone Cup: Nepal got a target of 91 runs in the semi-finals

काठमाडौँ — नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा मलेसियाविरुद्ध ९१ रनको झिनो लक्ष्य पाएको छ । 

क्वालालम्पुरमा टस हार्दै पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै ९० रन मात्र बनायो । 

समूह ‘ए’को विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो । मलेसिया भने समूह ‘बी’बाट उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भीडन्त पक्का गरेको थियो । 

मलेसियाका लागि मुहम्मद दानिस अदलेयनले सर्वाधिक ३८ रन बनाए । ७१ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीज पात्रोले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएनन् । 

नेपालका लागि अभय यादवले सर्वाधिक चार विकेट लिए । १० ओभरमा उनले १५ रन खर्चिए । यस्तै शुभम खनालले १० ओभरमा १२ रन खर्चिँदै ३ विकेट लिए । कप्तान विपिनप्रशाद शर्मा र सचिन भट्टले एक/एक विकेट लिए । 

कान्तिपुर संवाददाता

Link copied successfully