महिला फुटबल : नेपाल र श्रीलंका भिड्दै

असार १८, २०८२

कान्तिपुर संवाददाता

Women's Football: Nepal vs Sri Lanka

काठमाडौँ — एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र  श्रीलंकाबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको  तासकेन्दस्थित मिली रंगशालामा नेपाली समयानुसार साँझ ६:१५ मा खेल हुनेछ । 

समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ ।  श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलंकासँग सातपटक खेलेको छ । 

फिफा वरीयतामा नेपाल १००औँ स्थानमा छभने श्रीलङ्का १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।

कान्तिपुर

Link copied successfully