कान्तिपुर वेबसाईट
Advertisement
Advertisement
NMA

सिटी सिप इन्टोर क्रिकेट हुने

City Cup will be indoor cricket

Kantipur Events

nma-music-quiz
nma-free-ticket

Grab a
Free Ticket

Note: Get a chance to win a free ticket to the National Music Award !

काठमाडौँ — नेक्सोभा स्पोर्ट्स प्रालिले सिटी सिप इन्डोर क्रिकेट च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

पहिलो संस्करणको प्रतियोगिता असार २९ देखि ३२ सम्म चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा हुने आयोजकले बुधबार जनाएको छ । प्रतियोगितामा १६ क्लबको सहभागिता रहनेछ ।

प्रतिस्पर्धी टोलीलाई चार समूहमा विभाजन गरेर खेलाइने छ । समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छ । सिटी सिपको सहयोगमा हुने प्रतियोगिता इन्डोर क्रिकेटको प्रवर्द्धन गर्ने उद्देश्यसहित गर्न लागेको आयोजकले जनाएको छ । क्रिकेटलाई सहरी जीवनशैलीसँग जोड्न प्रतियोगिताले विशेष भूमिका खेल्ने आयोजकको विश्वास छ । इन्डोर क्रिकेट भएकाले मनसुनमा पनि खेल्न मिल्ने र यसले राजधानीमा क्रिकेट माहोललाई जीवितै राख्ने आयोजक बताउँछ ।

प्रतियोगितालाई खुला रूपमा खेलाडी दर्ता गरिनेछ । त्यसमा घरेलुदेखि अन्तर्राष्ट्रिय स्तरका खेलाडीले भाग लिन पाउनेछन् । ५ लाख रुपैयाँ रहेको प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी जित्नेछन् । हरेक खेलका प्लेयर अफ द म्याचलाई पुरस्कार प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने नेक्सोभाले जनाएको छ ।

Hope IVF
Global IME Updated May 12
Sunrise bank
प्रकाशित : असार १८, २०८२ २०:४७
×