कप्तान इन्दु व्यवस्थापन संकायमा भर्ना

असार १८, २०८२

कान्तिपुर संवाददाता

Captain Indu Admission in Faculty of Management

काठमाडौँ — युनिभर्सल कलेजले महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

उनी कक्षा ११ को व्यवस्थापन संकायमा भर्ना भएकी छन् । कप्तान इन्दुलाई कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, नेटवर्क डाइरेक्टर राजु टण्डनलगायतले स्वागत गरेका थिए ।

कप्तान इन्दुले खेलकुद तथा अध्ययनसँगै अगाडि बढाउन खोज्नु आम विद्यार्थीका लागि प्रेरणाको स्रोत हुने कलेजको विश्वास छ । उनलाई शैक्षिक र खेलजीवनका लागि आवश्यक सबै किसिमको सहयोग गरिने प्रिन्सिपल ज्ञवालीले बताए ।

२८ वर्ष लामो गौरवमय शैक्षिक इतिहास बोकेको कलेजको ब्रान्ड एम्बासडरसहित विद्यार्थी हुन आफूलाई गर्व महुसस भएको बताउँदै इन्दुले खेलजीवन र अध्ययनसँगै अगाडि बढाउन पाउँदा आत्मविश्वास मिलेको बताइन् । 

कान्तिपुर

Link copied successfully