एसीसी यू–१६ इस्टजोन कप : समूहचरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

असार १७, २०८२

कान्तिपुर संवाददाता

ACC U-16 East Zone Cup: Nepal batting against Bhutan in the last match of the group stage

काठमाडौँ — नेपाली युवा क्रिकेट टोलीले एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूहचरणको अन्तिम खेलमा भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

नेपालले मलेसियाको क्वालालम्पुरमा टस जित्दै आफूले ब्याटिङ रोजेर भुटानलाई फिल्डिङको निम्तो दिएको हो । नेपाली टोली अघिल्ला तीन खेलमा लगातार जित निकाल्दै अविजित छ । आइतबार इन्डोनेसियालाई ३७० रनको ठूलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगिसकेको छ । 

नेपाल रहेको समूहबाट सिंगापुर पनि तीन जित र एक हारसहित सेमिफाइनलमा पुगिसकेको छ । जापान, नेपाल, सिंगापुर, इन्डोनेसिया र भुटान रहेको समूह ए को सबैभन्दा कमजोर टिम हो भुटान । भुटानले तीन खेलमा सबैमा पराजय भोगेको छ । 

आइतबार इन्डोनेसियालाई ४२१ रनको लक्ष्य दिएको नेपालले भुटानविरुद्ध पनि त्यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । 

कान्तिपुर

Link copied successfully