एसीसी यू-१६ क्रिकेट : प्रशिद्धको शतकमा इन्डोनेशियालाई ४२१ रनको विशाल लक्ष्य

परिमार्जन, रौनक र जोयले पनि प्रहार गरे शानदार अर्धशतक

असार १५, २०८२

कान्तिपुर संवाददाता

ACC U-16 Cricket: A mammoth target of 421 for Indonesia in Prashid's century

काठमाडौँ — साविक विजेता नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटमा आइतबार शानदार सुरुवात गरेको छ । तेस्रो खेलमा नेपालले इन्डोनेशियालाई ४२१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

टस हार्दै ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा मात्र पाँच विकेट गुमाउँदै ४२० रनको स्कोर बनायो । नेपालका लागि ओपनर प्रशिद्ध जैसी र परिमार्जन यादवले १३० रनको ओपनिङ साझेदारी गरेका थिए । 

जैशीले शतक प्रहार गरे । ११४ बलको सामना गरेका उनले १५ चौका र एक छक्का प्रहार गर्दै १३२ रन बनाए । यस्तै परिमार्जनले पहिलो विकेट गुमाउनुअघि २८ बलमा ८ छक्का र चार चौका प्रहार गर्दै ७१ रनको योगदान दिए । 

यस्तै रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन प्रहार गरे । उनले ८ चौका र दुई छक्का प्रहार गरे । यस्तै अर्का अर्धशतक प्रहार गरेका जोय थापाले ४१ बलमा सात चौकाको सहयोगमा ५७ रन बनाए । सुगम बुढाथोकीले नटआउट ३९ रन बनाउँदा रोशन शाहीले १० रन बनाए । शिवांश बजगाईं भने आज ६ बल खेल्दै चार रनमा आउट भएका थिए । 

इन्डोनेशियाका लागि केतुत धर्मपुत्रले २ विकेट लिँदा रायन रिजा अथालिया, महेन्द्र अजी युद्ध प्रतमा र कविन निरज चड्डाले एक/एक विकेट लिए । नेपालको समूह चरणमा यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपाल विजयी भएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully