रियल र अल-हिलाल अन्तिम १६ मा

असार १३, २०८२

कान्तिपुर संवाददाता

Real and Al-Hilal in the last 16

काठमाडौँ — रियल म्याड्रिडले शुक्रबार साल्सबर्गलाई ३–० ले पराजित गर्दै क्लब वर्ल्डकप २०२५ को अन्तिम १६ को यात्रा तय गरेको छ । यस्तै साउदी अरेबियाको अल–हिलाल पनि नकआउट चरणमा पुगेको छ । रियलको जितका नायक भिनिसियस जुनियर रहे ।

उनले एक गोल गरे र अर्को एक गोलमा अवसर पनि सिर्जना गरे । यो नतिजापछि रियल समूह ‘एच’ को शीर्ष स्थानमा रह्यो । उसको तीन खेलाट सात अंक भएको छ । अर्को खेलमा अल–हिलालले पाचुकालाई २–० ले हरायो । उसको पाँच अंक भएको छ।

यो नतिजापछि साल्सबर्ग चार अंकमै सीमित रहेर प्रतियोगिताबाट बाहिरिएको छ । अब रियलले युभेन्ट्सको सामना गर्नेछ भने म्यानचेस्टर सिटीको प्रतिद्वन्द्वी अल–हिलाल हुनेछ । 

कान्तिपुर

Link copied successfully