युभेन्ट्समाथि सिटीको प्रभावशाली जित

असार १३, २०८२

कान्तिपुर संवाददाता

Impressive win for City over Juventus

काठमाडौँ — पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीले क्लब वर्ल्डकप २०२५ मा शुक्रबार युभेन्ट्समाथि ५–२ को प्रभावशाली जित निकालेको छ । यो जितपछि सिटीले समूह ‘जी’ को शीर्ष स्थान पनि हात पारेको छ ।

सिटी र युभेन्ट्स दुवै यसअघि नै नकआउट चरण भने पुगिसकेका हुन् ।

यसअघि नै चुनौती समाप्त भइसकका दुई टिमबीचको खेलमा भने अल एइनले वायडाड क्यासाब्लान्कालाई २–१ ले हरायो । सिटी भने प्रतियोगिताको लिग चरणका तीनै खेल जित्ने अहिलेसम्मको एक मात्र टिम पनि बनेको छ । उसको तीन खेलबाट नौ अंक भएको छ । 

युभेन्ट्स भने छ अंकमै सीमित रह्यो । सिटीका लागि जेरेमी डोकु, इर्लिङ हालान्ड, फिल फोडेन र साभिओले गोल गरे । एउटा अर्को गोल आत्मघाती रह्यो । यस्तै युभेन्ट्सका तर्फबाट टेउन कुपमेनर्स र डुसान भ्लाहोभिचले गोल गरे । 

कान्तिपुर

Link copied successfully