काठमाडौँ — विम्बल्डन-२०२५ कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । चार ग्रान्ड स्लाममध्ये सबैभन्दा प्रतिष्ठित विम्बल्डन ३० जूनदेखि १३ जुलाईसम्म लन्डनमा आयोजना हुँदैछ । यो प्रतियोगिता वर्षको तेस्रो ग्रान्ड स्लाम हो ।
सन् १८७७ देखि आयोजना गर्न थालिएको विम्बल्डन १ सय ४८ वर्ष लामो इतिहास बोकेको प्रतियोगिता हो ।
कान्तिपुर म्याक्सले पछिल्लो एक वर्षमा खेलकुदका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितालाई प्रत्यक्ष प्रसारण गर्दै आएको छ । त्यसमा फुटबलका सभापतिकप र केपी ओलीकपदेखि क्रिकेटको महिलातर्फको त्रिकोणात्मक टी–ट्वान्टी श्रृंखला, प्रधानमन्त्रीकप रहेका छन् ।
यस्तै साफ च्याम्पियनसिप २०२३ र वुमेन्स साफ च्याम्पियनसिप २०२४ लाई पनि प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गरेको थियो । यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पनि कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गरेको थियो ।
