बोगटान फुडसिल गाउँपालिकाका खेलाडी सम्मानित

असार १२, २०८२

कान्तिपुर संवाददाता

The players of Bogtan Fudsil Rural Municipality honored

डोटी — डोटीको बोगटान फुडसिल गाउँपालिकाले पालिकाभित्रका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । गाउँपालिकाबाट विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई मगलबार गाउँसभाको अवसरमा सम्मान गरिएको हो ।

भलिबलका राष्ट्रिय खेलाडी रमेशलाई १ लाख ११ हजार १ सय ११ र कबड्डीका राष्ट्रिय खेलाडी खेमलाई २५ हजार १ सय ११ रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो ।

बोगटान फुडसिल गाउँपालिका– १ सिमचौरका राष्ट्रिय भलिबल खेलाडी रमेश, वडा ३ सिमचौरकै खेमलाई गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडशिला, उपाध्यक्ष विष्णा देउवा बम र प्रमुख प्रशासकीय अधिकृत हेम बोगटीले सम्मान गरे ।

यसअघि क्रिकेटका राष्ट्रिय खेलाडी लोकेश बमलाई पालिकाले सम्मान गरेको थियो ।

कान्तिपुर

Link copied successfully