बायर्नलाई हराएर बेनफिका समूह विजेता

असार ११, २०८२

कान्तिपुर संवाददाता

Benfica win group by beating Bayern

काठमाडौँ — पोर्चुगलको बेनफिकाले मंगलबार बायर्न म्युनिकलाई १–० ले पराजित गर्दै क्लब वर्ल्डकप २०२५ को अन्तिम १६ मा प्रवेश गरेको छ । यो जितसँगै बेनफिकाले प्रतियोगिताको समूह ‘सी’ पनि जितेको छ । उसको तीन खेलबाट सात अंक भएको छ ।

बायर्न भने छ अंकमा समूहको दोस्रो स्थानमा रह्यो । बेनफिकाको हातबाट प्रतिस्पर्धात्मक खेलमा बायर्न पराजित भएको यो नै पहिलो पटक हो । यो खेल अगाडि नै बायर्न नकआउट चरण प्रवेश निश्चित भइसकेको थियो ।

त्यसैले प्रशिक्षक भिन्सेन्ट कोम्पनी यस खेलमा आफ्नो दोस्रो रोजाईका खेलाडी उतारेका थिए । खेलको निर्णायक गोल भने आन्द्रेस सेजेडेरुपको नाममा रह्यो । यसै समूहको अर्को खेलमा अकल्यान्ड सिटीले बोका जुनियर्सलाई १–१ को बराबरीमा रोक्यो । यो नतिजासँगै बोका  जुनियर्स प्रतियोगिताबाट बाहिरिएको छ । 

कान्तिपुर

Link copied successfully