काठमाडौँ — नेपालका ६ खेलाडीले एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको २९ औं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाली टोली बुधबार उज्वेकिस्तानको तास्केन्द जानेछ । असार १२ देखि १८ सम्म हुने प्रतियोगितामा ३–३ पुरुष महिला खेलाडीले भाग लिने छन् । पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल तथा महिलामा योङगी पौडेल, वियन्का राई र इभाना थापाको सहभागिता रहनेछ ।
टोली प्रमुखमा ज्याकी महर्जन र प्रशिक्षकमा मोहनदास बासुकला छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।
