महिला क्लबलाई बिच रग्बी उपाधि

असार १०, २०८२

कान्तिपुर संवाददाता

Women's Club Beach Rugby Title

काठमाडौँ — नेपाल महिला रग्बी क्लबले प्रथम बागमती महिला बिच रग्बी प्रतियोगिताको उपाधि जितेको छ । सिन्धुपाल्चोकको सुकुटे बिचमा भएको फाइनलमा नेपाल महिला रग्बी क्लबले मदेश प्रदेशलाई २–० स्कोरले पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल महिला रग्बी क्लब, गोर्खाली रग्बी क्लब, मधेश प्रदेश र आयोजक बागमती प्रदेश गरी चार टिम प्रतिस्पर्धी थिए ।

कान्तिपुर

Link copied successfully