काठमाडौँ — भ्याली पब्लिक र केभीकेएसएस सोमबार एसडब्लूएससी एसईई थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ क्वाटरफाइनल पुगेका छन् ।
आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लूएससी) को कोर्टमा भ्याली पब्लिकले वारियर्सलाई १५–११ र बलर्सलाई १७–११ स्कोरले पराजित गर्यो । केभीकेएसएसले मनास्लुलाई ९–७, त्रिज्योतिलाई ११–५ र जेबी स्कुललाई १३–८ ले हरायो ।
गर्ल्समै वारियर्स, एनसीसीएस ‘ए’ र ‘बी’, एस्ट्रो बलर्स, ल्यान्डमार्क र त्रिज्योति पनि क्वाटरफाइनल पुगे ।
ब्वाइजमा भ्याली पब्लिक, मनास्लु ‘ए’ र ‘बी’, एनपी लायन्स ‘ए’, जेबी स्कुल, लाखे, ब्राइट फ्युचर, जीबीसीए ‘ए’ र ‘बी’, स्किब्स ‘ए’ र ‘बी’, बीएमके, हिमशिला, जीएलसी, एलएनए र तेजश्वीले प्रिक्वाटरफाइनल तय गरेको थियो ।
प्रतियोगिताको ब्वाइजमा ३२ र गर्ल्समा १८ टिम सहभागी छन् । दुवै समूह विजेताले १५ हजार र उपविजेताले १० हजार नगदसहित प्लस टु अध्ययन गर्न छात्रवृत्ति पाउनेछन् ।
