नेकोस कप राष्ट्रिय स्केटिङ

असार ९, २०८२

कान्तिपुर संवाददाता

Nekos Cup National Skating

हेटौंडा — हेटौंडा स्केट पार्कमा भएको नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सकिएको छ ।

चार विधाअन्तर्गत १२ वर्षमुनि र १२ वर्षमाथि गर्ल्स र ब्वाइज खेलाडी सहभागी थिए । ब्वाइजतर्फ १२ वर्षमुनि डिकन महतारा प्रथम र आयुश स्याङ्तान द्वितीय र १२ वर्षमाथि बज्र दोङ प्रथम, सुनिल लामा द्वितीय र आयुश रुम्बा तृतीय भए ।

गर्ल्सतर्फ १२ वर्षमुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्वितीय, समिस्ता प्रधान तृतीय भएका छन् । १२ वर्षमाथि काठमाडौंकी मुस्कान मगर प्रथम, नायना शाक्य द्वितीय, आयुश्मा शाही ठकुरी तृतीय भए ।

गर्ल्सतर्फ १२ वर्षमुनि रश्मी सूचीकार, १२ वर्षमाथि निशिका लामा र ब्वाइज १२ वर्षमाथि सुशील श्रेष्ठ उत्कृष्ट स्केटर भएका छन् ।

करिब एक सय जनाको सहभागिता रहेको प्रतियोगितालाई मकवानपुरको बागमती गाउापालिका अध्यक्ष सर्केस घलानले उद्घाटन गरेका थिए । शीर्ष तीन स्थानका खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार पुरस्कार पाए । प्रतियोगिता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघके आयोजना भएको हो ।

कान्तिपुर

Link copied successfully