काठमाडौँ — चितवन राइनोजले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ६ खेलाडीलाई रिटेन गरेको छ ।
चितवनले मार्की खेलाडी तथा कप्तान कुशल मल्लसहित ग्रेड ‘ए’ का रिजन ढकाल र कमलसिंह ऐरी, ग्रेड ‘बी’ का दीपक बोहरा र अमरसिंह राउटेला तथा ग्रेड ‘सी’ का गौतम केसीलाई टिममा राखेको छ ।
ग्रेड ‘ए’ का शरद भेषावकर, ग्रेड ‘बी’ का दिपेश श्रेष्ठ र विपिन रावल तथा ग्रेड ‘सी’ का सन्तोष कार्की र रञ्जित कुमार तथा ट्यालेन्ट हन्टका सलाउद्दिन खानलाई रिलिज गरिएको चितवनले जनाएको छ ।
यसअघि सुदूरपश्चिम रोयल्सले रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरिसकेको छ ।
