काठमाडौँ — इन्टर मिलान र बोरुसिया डर्टमुन्डमा क्लब वर्ल्डकप २०२५ मा आइतबार आ–आफ्नो पहिलो जित निकालेको छ ।
इन्टरले आफू पछाडि रहेको स्थितिबाट उरवा रेड डाइमन्ड्सलाई २–१ ले पराजित गर्यो । समूह ‘ई’ को खेलमा भ्यालेन्टिन कारबोनीले निर्णायक गोल गरे ।
उनको गोल दोस्रो हाफको इन्ज्युरी समयमा सम्भव भएको थियो । जापानी टिमले रेममा वातानबेको गोलले सुरुआती अग्रता लिएपछि इन्टरका लागि कप्तान लउतारो मार्टिनेजले बराबरी गोल फर्काएका थिए ।
लगातार दोस्रो हारपछि रेड डाइमन्ड्सको प्रतियोगितामा चुनौती समाप्त भएको छ । त्यस अगाडि समूह ‘एफ’ को खेलमा डर्टमुन्डले मामेलोडी सनडाउन्सलाई सात गोलको रोमाञ्चक खेलमा ४–३ ले पराजित गर्यो । यो तिजपछि उसको दुई खेलबाट चार अंक भएको छ ।
