काठमाडौँ — बेनफिकाले क्लब वर्ल्डकपमा शुक्रबार अकल्यान्ड सिटीलाई ६–० ले पराजित गरेको छ ।
समूह ‘सी’ को खेलमा यसअघि अकल्यान्ड बायर्न म्युनिकको हातबाट १२–० ले पराजित भएको थियो । हारसँगै अकल्यान्डको प्रतियोगितामा चुनौती पनि समाप्त भएको छ ।
बेनफिकाका लागि भने एन्जेल डि मारियाले दुई गोल गरे । समूह ‘डी’ भने फ्लेमिङ्गोले चेल्सीलाई ३–१ ले पराजित गरेको छ । चेलसीले पेड्रो नेटोको गोलले अग्रता लिएयता त्यसलाई कायम राख्न सकेन् । फ्लेमिङको तर्फबाट ब्रुनो हेनरिक, डानिलो र वालेस यानले एक एक गोल फर्काए ।
चेल्सीले ६८ मिनेटयता १० खेलाडीमा सीमित भएर खेलेको थियो । निकोलस ज्याक्सन रातो कार्डमा मैदान छाड्न बाध्य रहे । यस्तै यस समूहको अर्को खेलमा इस्परेन्सले लस एन्जलस एफसीलाई १–० हराएको छ ।
