काठमाडौँ — लियोनल मेसीले गरेको निर्णायक गोलको मद्दतले इन्टर मियामीले बिहीबार क्लब वर्ल्डकपमा एफसी पोर्टोलाई २–१ ले पराजित गरेको छ । मियामीका लागि अर्जेन्टिनी खेलाडीको यो ५० औं गोल पनि हो ।
समूह ‘ए’ को खेलमा एक गोलले पछाडि रहेको स्थितिबाट मियामी विजयी रहेको हो । पोर्टोले सामु आगेहोवाले पेनाल्टीबाट गरेको गोलले आठौं मिनेटमा अग्रता लिएयता टेलास्को सेगोभिआले दोस्रो हाफमा बराबरी गोल फर्काए ।
त्यसपछि मेसीले ५४ औं मिनेटमा विजयी गोल गरे । यसै समूहको अर्को खेलमा पाल्मारेसियसले अल अहलीलाई २–० हरायो । यो नतिजापछि पाल्मारेस ४ अंकको समूहको शीर्षमा छ । उसको पछाडि मियामी चारै अंकमा दोस्रोमा रहेको छ ।
समूह‘बी’ को खेलमा भने एटलेटिको म्याड्रिडले सियाटल सन्डर्सलाई ३–१ ले पराजित गरेको छ ।
