एसिया कप छनोट खेल्ने महिला टिमको घोषणा

असार ६, २०८२

कान्तिपुर संवाददाता

Announcement of women's team to play Asia Cup Qualifiers

काठमाडौँ — नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार एसिया कप छनोट खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन् । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले लाओस, श्रीलंका र घरेलु टिमको सामना गर्दैछ । 

त्यस समूहको विजेताले अस्ट्रेलियामा हुने एसिया कपमा खेल्नेछ । घोषित टिमको गोलरक्षकमा एन्जिला सुब्बा, उषा नाथ र अञ्जना रानामगर छन् । यस्तै डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना र अमृत जैशी छन् । 

मध्यपंक्तिमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सबिता रानामगर र सरस्वती हमाल परेका छन् । फरवार्डमा भने सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् ।

कान्तिपुर

Link copied successfully