काठमाडौँ — फ्रेन्चाइज महिला भलिबल लिगको दोस्रो संस्करण भदौ तेस्रो साता हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्राालिले शुक्रबार दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को औपचारिक मिति घोषणा गरेको छ । प्रतियोगिता भदौ २० देखि २८ सम्म काठमाडौंमा आयोजना गरिने इन्फिटिनीले जनाएको छ ।
उक्त मितिमा प्रतियोगिता गर्न नेपाल भलिबल संघले औपचारिक स्वीकृति प्रदान गरेकाले त्यसअनुसार तयारी अगाडि बढाइएको इन्फिनिटीका ड्रिम्सकी सीईओ स्नेभी चापागाईंले जानकारी गराएकी छन् ।
‘अब पालो महिलाको’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको पहिलो संस्करणको उत्साहजनक सफलताले दोस्रो संस्करणमा चााडोभन्दा चााडो तयारी थाल्न प्रेरित गरेको उनले बताइन् ।
नेपालको राष्ट्रिय खेल रहेको भलिबलको महिला लिग सुरु हुनु नेपाली महिला खेलकुद क्षेत्रमै एक नयाा अध्याय थालनी भएको आफूहरूले महसुस गरेको सीईओ चापागाईंको भनाइ थियो ।
प्रतियोगितामा पहिलो संस्करणमा जस्तै यसपालि पनि ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ । हरेक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । गत वर्ष ९ राष्ट्रका खेलाडीले एभरेस्ट महिला लिग खेलेका थिए । भारत, अमेरिका, ग्रिस, रुस, थाइल्यान्ड, टर्की, बुल्गेरिया, ट्युनिसिया र काजकिस्तानका खेलाडी विभिन्न टिममा अनुबन्धित थिए ।
यो महिला भलिबलको फ्रेन्चाइज लिगमा एसियाकै पहिलो रहेको आयोजकको दाबी छ । नेपालका प्रतिभाशाली महिला भलिबल खेलाडीलाई प्रोत्साहन गर्न र व्यावसायिक बनाउन प्रतियोगितामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको चापागाईंले बताइन् । गत वर्षभन्दा प्रतियोगितालाई अझै व्यवस्थित र स्तरीय रूपमा अगाडि आयोजना गरिने उनको दाबी थियो ।
प्रतियोगिताको साबिक विजेता कर्णाली यश्विज हो । यो न्यु डायमन्ड स्पोर्ट्स क्लबका कुमार राईको प्रशिक्षणमा रहेको टोली थियो ।
