मोन्टेरीसँग इन्टरको बराबरी

असार ५, २०८२

एएफपी

Inter draw with Monterrey

लस एन्जलस — इन्टर मिलानले फिफा क्लब वर्ल्डकपको बुधबारको खेलमा मोन्टेरीसँग १–१ को बराबरी खेलेको छ । यससँगै दुवै टिम समूह ‘ई’ मा १–१ अंकमा रहे । मेक्सिकोको मोन्टेरीले सर्जियो रामोसको गोलमा अग्रता लिएको थियो । रोज बलमा भएको खेलमा लाउटारो मार्टिनेजले इन्टरका लागि बराबरी गोल फर्काए । 

युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेनसँग ५–० को पीडादायी हार बेहोरेयता इन्टरले पहिलो पटक खेलिरहेको हो । मोन्टेरीविरुद्ध पनि खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । त्यसअगाडि रिभर प्लेटले उरवा रेड डाइमन्ड्सको बलियो चुनौती तोड्दै ३–१ को विजयी सुरुआत लिएको थियो । जितमा अर्जेन्टिनी टिमले ३ अंक बटुलेको छ । टोलीका लागि फकुन्डो कोलिडोओ, सवास्टिन ड्रिसी र म्याक्सिमिलिनो मेजाले गोल गरेका थिए । समूह ‘ई’ को खेलमा जापानी टिमका लागि एकमात्र गोल योसुके मातासुओले पेनाल्टीबाट गरे । 

समूह ‘एफ’ मा भने मामेलोडी सनडाउन्सले उल्सान एचीलाई १–० ले हरायो । त्यसमा निर्णायक गोल इकराम रायनर्सको नाममा रह्यो । यो जितसँगै ३ अंकमा मामेलोडी समूहको शीर्षस्थानमा रह्यो । सोही समूहको अर्को खेलमा बोरुसिया डर्टमन्डलाई फ्लुमिनेजले गोलरहित बराबरीमा रोक्यो । अब डर्टमन्डले मामेलोडीको सामना गर्नेछ भने फ्लुमिनेज उल्भससँग भिड्नेछ ।

एएफपी

Link copied successfully