बक्सिङ प्रशिक्षक अवकाशमा 

असार ५, २०८२

कान्तिपुर संवाददाता

Boxing Coach on Retirement

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई कर्मचारीलाई बिहीबार बिदाइ गरेको छ । बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र नेपाल विज्ञान खेलकुद प्रतिष्ठान (सान) की लेखापाल इरा कार्कीलाई बिदाइ गरिएको हो ।

५८ वर्ष उमेर हदका कारण दुवैले असार २ गते अनिवार्य अवकाश पाए । ओलम्पियन बक्सर तुलाधर २०५२ साल असोज ९ गते राखेपमा सेवा प्रवेश गरेका थिए । कार्कीले २०५३ साल असोज ४ गते सेवा सुरु गरेकी थिइन् । राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले दुवैलाई मायाको चिनो प्रदान गरी बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully