टेबलटेनिसमा डीएभी र सेन्ट मेरिज विजयी

असार ४, २०८२

कान्तिपुर संवाददाता

DAV and St. Mary's win in table tennis

काठमाडौँ — मोर्डन इन्डियन स्कुलमा भइरहेको एमआईएस कप खेलकुदमा ब्याडमिन्टनतर्फ यू–१५ ब्वाइजमा एमआईएसका रायन नाथले फाइनलमा आयांश कुशवाहालाई हराएर उपाधि जितेका छन् ।

गर्ल्सतर्फ डीएभीकी आयुष्मा महर्जनले स्वर्ण र सेन्ट मेरिजकी शिभालिका गिरीले रजत पदक जितेका थिए ।

बास्केटबल गर्ल्सतर्फ एमआईएसले राइ स्कुल र सेन्ट मेरिजमा आईएमएसलाई हराए ।

क्रिकेटतर्फ जेम्सले केभीलाई १ सय ५० रनले हराएको थियो । टेबलटेनिसको ब्वाइज टिमतर्फ डीएभीले एपीएफ र गर्ल्स टिमतर्फ सेन्ट मेरिजले एमआईएसलाई हराएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully