काठमाडौँ — स्क्वासका नम्बर एक खेलाडी अरहान्त केशर सिंह र विपना ब्लोनले १३ औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपमा ट्रफी जितेका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा बागमती प्रदेशका अरहान्तले मधेश प्रदेशका दीपक थापालाई पुरुष एकल फाइनलमा ११–६, ११–७, ११–५ ले हराएर उपाधि जिते ।
महिला एकलमा बागमतीकी विपनाले दोस्रो वरीयतामा रहेकी बागमतीकै स्वस्थानी श्रेष्ठलाई १२–१०, ११–७, ११–७ को सोझो सेटमा हराइन् ।
गत महिना प्रथम बागमती प्रेसिडेन्ट स्क्वासको फाइनलमा पनि विपनाले स्वस्थानीलाई नै हराएकी थिइन् । अरहान्तले प्रेसिडेन्ट कपमा उपाधि जितेका थिए ।
