नेदरल्यान्ड्सद्वारा नेपाललाई राम्रो लक्ष्य

असार २, २०८२

विनोद पाण्डे

Good goal to Nepal by Netherlands

ग्लास्गो, स्कटल्यान्ड — नेदरल्यान्ड्सले तीन देशीय ट्वान्टी–२० शृंखलामा नेपाललाई १ सय ५३ रनको लक्ष्य दिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङका लागि निम्त्याइएको नेदरल्यान्ड्सले निर्धारित २० ओभर खेलि ७ विकेट गुमाई १ सय ५२ रन बनाएको हो ।

स्पिनरहरुको उत्कृष्ट बलिङपछि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो १ सय खेल खेलिरहेको नेपालले १७ ओभरमा नेदरल्यान्ड्सलाई ११७–६ को स्थितिमा रोकेको थियो । तर अन्तिम ३ ओभरमा नेदरल्यान्ड्सले ३५ रन जोड्दै राम्रो स्कोर बनाएका हो ।

लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चिएर ३ र ललित राजवंशीले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले २ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । ट्वान्टी–२० अन्तराष्ट्रियमा ‘डेब्यु’ गरिरहेका रुपेश सिंहले ३ ओभरमा ३१ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

Good goal to Nepal by Netherlands

नन्दन यादवले २.५ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । इनिङ्सको अन्तिम ओभरमा नन्दन घाइते भएपछि बाँकी रहेको अन्तिम बल करण केसीले फालेका थिए । करण र दीपेन्द्रले नेपालबाट सर्वाधिक ७९ खेल खेलिरहेका छन् ।

Good goal to Nepal by Netherlands

नेदरल्यान्ड्सबाट तेजा निडामानुरुले सर्वाधिक ३५ रन बनाए । ३७ बल खेलि १ छक्का प्रहार गरेका उनलाई नन्दनले अन्तिम ओभरमा बोल्ड गरे । विक्रमजित सिंहले २९ बल खेलि २ छक्कासहित ३०, माइकल लेभिट १६ बल खेलि समान १ चौका र छक्कासहित २०, म्याक्स ओ डड ११ बल खेलि २ चौका र १ छक्कासहित १९ रनमा आउट भए ।

Good goal to Nepal by Netherlands

नेदरल्यान्ड्सको ट्वान्टी २० टोलीमा ल्याइएका सकिव जुल्फिकर २५ रन बनाई अविजित रहे । उनले उनले १२ बल खेलि १ चौका र २ छक्का प्रहार गरे ।

Good goal to Nepal by Netherlandsतस्बिरहरु : अंगद ढकाल/कान्तिपुर

नेपालबाट रुपेशसँगैं किरण ठगुन्नाले डेब्यु गरिरहेका छन् । आइतबार सुरु प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्स घरेलु टोली स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्ने छ । 

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully