क्लब वर्ल्डकप २०२५ : मेसीको मियामी र अल अहलीबीच बराबरी

असार १, २०८२

कान्तिपुर संवाददाता

Club World Cup 2025: Messi's Miami and Al Ahly draw

काठमाडौँ — क्लब वर्ल्डकप २०२५ आइतबारदेखि अमेरिकामा सुरु भएको छ । त्यसको उद्घाटन खेलमा लियोनल मेसीको इन्टर मियामीले इजिप्टको अल अहलीसँग गोलरहित बराबरी खेलेको छ ।

यो नतिजापछि समूह ‘ए’ मा दुवै टिमले एक एक अंकमा चित्त बुझाएका छन् । मियामीको हार्ड रक स्टेडियममा मेसीको खेल हेर्न ६० हजार भन्दा बढी दर्शक उपस्थित थिए ।

तर उनीहरूले दुवै टिमबाट कुनै गोल हेर्न पाएनन् । खेलको अन्त्यतिर मेसीको प्रहार पोस्टमा लागेपछि गोल हुन सकेको थिएन् । अर्कोतर्फ अहलीका लागि मोहमद ट्रेजेगुएट पहिलो हाफमा पेनाल्टीबाट गोल गर्न चुके । 

कान्तिपुर

Link copied successfully