राराहिललाई बास्केटबल उपाधि

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Basketball title to Rarahill

काठमाडौँ — राराहिल स्कुलले केभीसी एसईई कप थ्री बाइ थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

काठमाडौं भ्याली कलेज (केभीसी) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा राराहिलले ग्रिनफिल्डलाई २०–१७ स्कोरले पराजित गर्‍यो । राराहिलका मनोज ओलीले ११ स्कोर जोडे । उनी नै मोस्ट भ्यालुएबल प्लेयर घोषित भए ।

सेमिफाइनलमा राराहिलले केभीसीलाई १९–१३ र ग्रिनफिल्डले विस्डमलाई १३–८ ले हराएर फाइनलमा स्थान बनाएका थिए ।

विजेतालाई केभीसीका अध्यक्ष डा. स्वागत श्रेष्ठ र प्रिन्सिपल संगीता श्रेष्ठले पुरस्कार प्रदान गरे । एकदिने प्रतियोगितामा १८ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

कान्तिपुर

Link copied successfully