काठमाडौँ — नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो निब्स एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता भोलि शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजमा २४ र गर्ल्समा १२ टिमको सहभागिता रहने निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतोले बिहीबार पत्रकार सम्मेलनमा बताए । दुवै समूहको विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार पाउने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोले बताइन् । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने निब्सका ईसीए इन्चार्ज अमृत लामिछानेले बताए ।
खेल लिगकम नकआउट आधारमा हुनेछ । दुईदिने प्रतियोगिताका खेल मण्डिखाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ ।
