साफ यू-२० वुमेन्स च्याम्पियनसिपमा चार टिम

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Four teams in the SAFF U-20 Women's Championship

काठमाडौँ — बंगलादेशमा अर्को महिना हुने साफ यू–२० वुमेन्स च्याम्पियसिपमा चार टिमले मात्र सहभागिता जनाउने भएको छ । जुलाईको ११ देखि २१ सम्म हुने प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र भुटान रहेका छन् ।

सहभागी टिमले एक अर्कासँग डबल राउन्ड रोबिनको आधारमा दुई पल्ट खेल्नेछ । लिग चरणको समाप्तीमा शीर्ष स्थानमा रहने टिम नै च्याम्पियन घोषणा हुनेछ ।

दक्षिण एसियाली खेलकुद महासंघले बिहीबार जारी गरेको 'ड्र' अनुसार जुलाई ११ को आफ्नो पहिलो खेलमा भुटानको सामना गर्नेछ । 

Four teams in the SAFF U-20 Women's Championship

कान्तिपुर

Link copied successfully