काठमाडौँ — अभ्यासका क्रममा घाइते भएपछि सोमपाल कामी र गुल्सन झाले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको आजको खेल गुमाएका छन् ।
'सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते भएकाले उनीहरुले आजको खेल तथा ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणीय सिरिजका सम्पूर्ण खेल गुमाउने छन्,' नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेका कारण चिकित्सकको परामर्शपश्चात नेदरल्यान्ड्सविरुद्धको खेल र ट्वान्टी-२० आई त्रिकोणीय श्रृङ्खलाका सम्पूर्ण खेलमासमेत सहभागी हुन नसक्ने विज्ञप्तिमा जनाइएको छ ।
