शारीरिक सुगठन टोली थिम्पू जाने

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

Physical fitness team to Thimphu

काठमाडौँ — भुटानमा हुने १५ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका ५ खेलाडीसहित १० सदस्यीय टोलीको सहभागिता रहने भएको छ ।

जेठ २८ देखि असार १ सम्म भुटानको थिम्पूमा हुने प्रतियोगितामा  शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरीले प्रतिस्पर्धा गर्नेछन् ।

अफिसियलमा दिनेशकुमार राजभण्डारी, व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाले छन् । टोली बुधबार थिम्पू जानेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully