नागरिक उड्डयन र जनक शिक्षा क्वाटरफाइनलमा

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Civil Aviation and Janak Shiksha in the quarterfinals

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ र जनक शिक्षा सामग्री केन्द्र १४ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलको पुरुषतर्फ क्वाटरफाइनल पुगेका छन् । नागरिक उड्डयन समूह ‘सी’ को विजेता र जनक शिक्षा समूह उपविजेता भएर सोमबार क्वाटरफाइनलमा पुगेका हुन् ।

ग्रान्डी स्पोर्ट्स सेन्टरमा नागरिक उड्डयनले नेपाल आयल निगमलाई २–१ र विद्युत् प्राधिकरणलाई २–० गोलले पराजित गर्‍यो । नागरिक उडड्यनले जनक शिक्षासँग १–१ गोलको बराबरी खेल्यो । जनक शिक्षाले विद्युतलाई २–१ गोलले हरायो भने आयल निगमसँग २–२ गोलको बराबरी खेल्यो ।

काठमाडौं उपत्यका खानीपानी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल वायुसेवा निगम, कृषि विकास बैंक ‘ए’ र नागरिक लगानी कोष पनि क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । पुरुषमा २० टिम सहभागी छन् ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको महिलातर्फ कृषि विकास बैंक शीर्ष स्थानमा छ । ५ टिम सहभागी राउन्ड रोबिन लिगमा कृषिले सर्वाधिक २ खेल जितेको छ । पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । महिला विजेताले ३० हजार र उपविजेताले २० हजार पुरस्कार पाउनेछन् ।

कान्तिपुर

Link copied successfully