काठमाडौँ — उमा कुङ्फु खेलाडी सरिना घलेले डब्लूएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । युकेको ग्लेसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ फम्समा स्वर्ण जितेकी हुन् ।
नेपाल उमा कुङफु संघका अध्यक्ष सन्जितकुमार राईका अनुसार सरिनाले स्कटल्यान्डकी एमेलिया पार्किनलाई ९.३ अंकपछि पार्दै स्वर्ण जितिन् । यूकेमै मास्टर्स अध्ययन गरिरहेकी सरिनाले यसअघि यूकेमै फेब्रुअरी ९ मा भएको डब्लूएमएसी इंग्लिस च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।
उमा कुङ्फुकी तेस्रो डान सरिनाले युकैमै सेप्टेम्बर १८ देखि २१ सम्म हुने डब्लूएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा पनि भाग लिने अध्यक्ष राईले जनाएका छन् ।
