काठमाडौँ — ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले १२ औं इन्टरनेसनल एथलिट फोरममा भाग लिने भएकी छन् । इन्टरनेसनल एथलिट फोरम बुधबार र बिहीबार स्विट्जरल्यान्डको लुजान सहरमा आयोजना हुँदै छ ।
धाविका सन्तोषीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार बिदाइ गरे । एनओसीका उपाध्यक्ष अशोक वज्राचार्य, एनओसीका सचिव रामकृष्ण श्रेष्ठ र एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठलगायतले पनि धाविका श्रेष्ठलाई शुभकामना दिए ।
जेठ १७ मा १३ औं कान्तिपुर हाफ म्याराथन जितेकी सन्तोषीले शनिबार हेरिटेज काठमाडौं २५के रेस जितेकी थिइन् । गत वर्ष भएको पेरिस ओलम्पिकमा उनले म्याराथनमा सहभागिता जनाएकी थिइन् ।
