काठमाडौँ — एन्जल्स हर्ट नेसनल स्कुलले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
सम्मानित हुने खेलाडीमा कराते १ प्रिमियर लिगकी कांस्य विजेता एरिका गुरुङसहित नवौं एसियन गोजुरियो कराते प्रतियोगितामा स्वर्ण जितेका अनोज महर्जन, करिना पुरी र मनीषा रानाभाट सम्मानित भए ।
आईसीसी यू–१९ वर्ल्डकप एसिया क्वालिफायर क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवराज खत्री पनि सम्मानित भए । रवि शाहीलाई पनि एसियन गोजुरियो करातेको रेफ्री कमिसनको अध्यक्ष भएकामा सम्मान गरिएको थियो ।
खेलाडीहरूलाई तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल करातें महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, स्कुलका प्रिन्सिपल टकबहादुर थापा, एसियन कराते रेफ्री महेश महर्जनले सम्मानित गरेका थिए ।
