अग्रिम र निहाना विजयी

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Advance and conquer

काठमाडौँ — अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपअन्तर्गत जुनियर ९ र ११ वर्षमुनि छात्रतर्फ पेभिलियन चेस एकेडेमीका अग्रिम सैंजु सात चरणको खेलमा अपराजित भई विजयी बनेका छन् ।

अल्केमिस्ट एकेडेमीका वचन सिलवाल दोस्रो र पुष्पसदनका हार्दिक पन्त समान ६ अंक प्राप्त गर्दै तेस्रो स्थान ओगट्न सफल भए । छात्रातर्फ मार्भलस अंग्रेजी बोर्डिङकी निहाना श्रेष्ठले साढे ५ अंकसहित उपाधि जितिन् ।

इम्पेरियल वर्ल्डकी अग्रता आचार्य दोस्रो र युरो स्कुलकी विप्सना केसी भए । यू–९ छात्रतर्फ ६ चरणको खेलमा पेभिलियनकै सुनभ ओझाले ६ अंक बटुल्दै ट्रफी जिते । रातो बंगलाका सुभङ्ग प्रधान दोस्रो र पशुपति एकेडेमीका साइन्स कँडेल तेस्रो भए ।

छात्रामा दीपज्योतिकी अंशिका श्रेष्ठ र मार्बलस स्कुलकी संगीता दासले समान साढे ४ अंक जोडेर जोडेर क्रमशः पहिलो र दोस्रो स्थानमा रहे । काठमाडौं विद्यालयकी निगिता तेस्रो भइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully