दोस्रो बराह कपमा ३२ विद्यालय

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

32 schools in the second Barah Cup

सुनसरी — विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले सुनसरीमा सुरु बराह दोस्रो एसईई कप अन्तरमावि फुटबलमा ३२ विद्यालयले भाग लिने भएको छ ।

सुनसरीको बराहक्षेत्र ३ मा रहेको स्काई फुटबल एकेडेमीको आयोजनामा आज आइतबारदेखि हुने प्रतियोगितामा मोरङ र सुनसरीका ३२ विद्यालयले भाग लिने पत्रकार सम्मेलनमा बताए ।

तीन साता चल्ने प्रतियोगितामा एसईई दिएर बसेका विद्यार्थीले मात्र खेल्न पाउने एकेडेमीका संरक्षक एवं फुटबल प्रशिक्षक नदी राईले बताए ।

विजेताले ३० हजार तथा उपविजेताले १५ हजार पुरस्कार पाउने एकेडेमीका अध्यक्ष सुमन कार्कीले बताए । सर्वोत्कृष्ट खेलाडीले कक्षा ११ र १२ का लागि शतप्रतिशत छात्रवृत्ति पाउनेछ । विधागत उत्कृष्टलाई ७५ प्रतिशत र म्यान अफ द म्याचलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।

कान्तिपुर

Link copied successfully