पोस्टेकोग्लु परे बर्खास्तीमा

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

Postecoglu is fired

काठमाडौँ — टोटनहमले शुक्रबार राति आफ्ना प्रशिक्षक एन्गे पोस्टेकोग्लुलाई बर्खास्त गरेको छ । उनकै नेतृत्वमा १६ दिन अगाडि मात्र टोटनहमले युरोपा लिग जितेको थियो । यसै क्रममा क्लबको १७ वर्ष लामो उपाधिहीन यात्रामा पूर्ण विराम लागेको थियो ।

बिलबाओमा भएको युरोपा लिगको फाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको थियो र यससँगै अबको सिजनको युरोपेली च्याम्पियन्स लिगका लागि पनि छनोट भएको थियो ।

प्रिमियर लिगमा भने टोटनहमको प्रदर्शन राम्रो रहने सकेन र घरमा सन् १९७६/१९७७ यताकै सबैभन्दा खराब प्रदर्शन गरेको थियो । टोटनहमले यसकै आधारमा पोस्टेकोग्लुलाई बर्खास्त गरेको मानिएको छ ।

टोटनहमले एक्समा लेखेको छ, ‘क्लबले पोस्टेकोग्लुलाई प्रशिक्षकको जिम्मेवारीबाट हटाएको छ । क्लबलाई लागेको छ, टिममा परिवर्तन ल्याउनु यो नै सबैभन्दा उपयुक्त समय हो ।’

कान्तिपुर संवाददाता

Link copied successfully