काठमाडौँ — मोर्डन इन्डियन स्कुलले यस वर्ष ‘एमआईएस कप २०२५ खेलकुद प्रतियोगिता असार ३ देखि ६ गतेसम्म आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा १२ विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीले भाग लिनेछन् । त्यसमा क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, फुटसल, बास्केटबल र चेसको विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ ।
१३ वर्षदेखि मोर्डन इन्डियनले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । विद्यालयहरूबीच अन्तरक्रिया गर्नुका साथै विद्यार्थीका लागि प्रतिस्पर्धा र उत्कृष्टता हासिल गर्ने मञ्च प्रदान गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको एमआईएसका प्रिन्सिपल राजु पिटरले बताए ।
